इनरुवामा फैलिएको नयाँ मिचाहा झार : सौन्दर्यका नाममा जोखिम
सुनसरीको इनरुवास्थित नापी शाखा कार्यालयमा २०८२ पुसको पहिलो साता कामविशेषले पुगेको थिएँ । कार्यालय वरपर खुला जमिनमा मैले यसअघि कहिल्यै नदेखेको घाँसजन्य बिरुवा फुलिरहेको देख्दा त्यसतर्फ आकर्षित हुनपुगें । खुला ठाउँमा यो झार छपक्कै भुइँ ढाकेर फैलिएको थियो । त्यसले त्यहाँ अन्य वनस्पतिलाई मिचेर फैलिएको थियो । त्यही वनस्पति मात्र फैलिएको आधारमा …