दक्षिणएशियाको ‘स्टोरीटेलर’ : मार्क टली
यदि कसैले मेरो २० वर्षको पत्रकारिता यात्राको प्रेरणा को हो भनेर सोध्यो भने, मेरो दिमागमा धेरै नामहरू आउँछन् । विशेषगरी टेलिभिजन पत्रकारिताको मेरा यी दुई दशकका दौरानमा समय, परिस्थिति र फरक–फरक माध्यमसँगै भेटिएका अनेकौं व्यक्तित्वले मेरो मिडियाको पेशागत विकासमा आ–आफ्नै विशिष्ट स्थान ओगटेका छन् । तर ती सबै अनुभवका सूचीहरू पल्टाउँदै जाँदा …