मार्क्सलाई देवता र मार्क्सवादलाई धर्मशास्त्र नबनाऔं
“अन्ततः आधुनिक विज्ञान हाम्रो वर्तमान संसारका ती विशाल क्षेत्रहरूमा पनि प्रवेश गर्छ, जहाँ केही दशकअघि मात्र नयाँ सिद्धान्त नयाँ र शक्तिशाली समाजको आधारका रूपमा स्थापित गरिएका थिए। ती विशाल क्षेत्रहरूमा आधुनिक विज्ञानको द्वन्द्व एकातिर सैद्धान्तिक विषयमै छ- जसका जरा उन्नाइसौं शताब्दीका युरोपेली दार्शनिक विचारहरू (हेगेल र मार्क्स) मा पुग्छन्, र …