‘जेनजी आन्दोलनपछि मानसिक समस्या एकाएक बढ्यो’
आघातजन्य घटनापछि मानिसमा तुरुन्तै मानसिक समस्या देखापर्छ । हिंसात्मक रिल्स वा सामाजिक सञ्जालमा देखिएका विभत्स दृश्यले मानिसमा तत्कालीन तनाव उत्पन्न गर्छ । यस्ता दृश्यले टाउको दुख्ने, भावनात्मक रूपमा अस्थिर हुने, रुने वा अत्यधिक संवेदनशील हुने जस्ता लक्षण देखिन्छन् । भावनात्मक प्रभावले एक-दुई दिनसम्म रुन मन लागिरहने, टाउको दुख्ने, खान मन …