बजारमा छ्यापछ्याप्ती ‘ट्रान्सफ्याट’ युक्त खाना, मुटु र मस्तिष्कले तिर्दैछ जुर्माना
बजारमा छ्यापछ्याप्ती पाइने बेकरी उत्पादन, चाउचाउ, पफ र फ्रेन्चफ्राइज जस्ता खानेकुरामा लुकेको ट्रान्सफ्याट (अति खराब चिल्लो)ले युवावस्थामै मुटु र स्नायु प्रणालीमा गम्भीर असर पुर्याइरहेको चिकित्सकहरू बताउँछन्। १५ फागुन, काठमाडौं। ‘सबैभन्दा नराम्रो चिल्लो केमा पाइन्छ ?’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले आफूकहाँ जँचाउन आउने बिरामीलाई प्राय: नछुटाई सोध्ने प्रश्न हो यो। …