काठमाडौंबाटै ४ जना जाने तयारी थियो, मन्त्री भीआईपी कक्ष छिरेपछि हङकङमा मात्र भेट
२५ कात्तिक, काठमाडौं । जापानको विमानस्थलबाटै निष्कासित तीन युवाको साथमा नक्कली सरकारी परिचय पत्र नभेटिएको भए सायद उनीहरु काठमाडौं और्लिएलगत्तै हिरासत पुग्ने थिएनन् । जापानको नारिता विमानस्थलबाट १३ कात्तिकमा कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसहित ४ नेपाली फिर्ता पठाइएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक …