नेतासँगै नेता
ढक्-ढक्, ढक्-ढक् ! काठको दैलो जोडले बज्यो । माथिल्लो तलामा लस्करै सुतेका हामी जर्याकजुरुक उठ्यौं र एक-अर्कामा मुखामुख गर्न थाल्यौं । गाउँमा बिजुली थिएन, त्यसैले ब्याट्रीबाट चल्ने टर्च हमेसा आमाको सिरानीमुनी हुन्थ्यो । ढोका खोल्न पनि आमा नै अघि सर्नुभो । आमाले बालेको टर्चको उज्यालो पछ्याउँदै हामी केटा-केटी पनि भर्याङबाट …