भैंसेपाटी हनीट्र्याप प्रकरण : एसपी थापाद्वारा मुख्य योजनाकारसँग भेटेको स्वीकार, हनीट्रयाप अस्वीकार
१० मंसिर, काठमाडौं । युवती प्रयोग गरेर एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन इन्सपेक्टर बिनु कुमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । ‘भैंसेपाटी हनीट्र्याप प्रकरण’का रुपमा चर्चित यो घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रतिवेदनका आधारमा आइतबार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको …