भूगर्भमै सीमित बागलुङका तामाखानी
४ मङ्सिर, ढोरपाटन (बागलुङ) । चारैतिर अग्ला पहाड । कतै खोंच त कतै समथर जमिन । बस्ती नजिकै जङ्गल । बागलुङ तमानखोला गाउँपालिका–६ मा पर्ने नर्जाखानी गाउँ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको बस्ती पनि हो । जिल्ला सदरमुकामदेखि दूरीमा रहेको नर्जाखानी पुग्न कयौं भिर, पहरा र जङ्घार पार गर्नुपर्छ । …