म कि मन सुत्केरी ?
बच्चा जन्मनु समाजमा महत्त्वपूर्ण उत्सवको रूपमा चित्रण गरिन्छ। फेसबुकमा पोस्ट गरिएका फोटोहरूमा बधाईका कमेन्टहरू आइरहेका थिए। म्यासेन्जर तथा ह्वाट्सएपमा ‘तिमी त आमा बनिछ्यौ, तिम्रो जीवनमा ठूलो खुसी थपियो। अब त जीवन पूरा भयो। धेरै धेरै बधाई छ’ जस्ता एसएमएसका घण्टी बजिरहेका थिए। सुत्केरीपछि मेरो मनभित्र थकान, डर र तनावले डेरा …