गान्धीवादी बोधप्रसाद उपाध्याय कांग्रेसको निर्णयपछि सशस्त्र क्रान्तिमा
तानाशाही, एकतन्त्रवादी राजाशाही विरुद्धको संघर्षमा स्व. बोधप्रसाद उपाध्याय – हाम्रो बोधदादाको योगदान बेमिसाल र अनुपम छ। लोकतन्त्रको निमित्त अहिंसात्मक आन्दोलनमा सक्रियता, नेतृत्व, निःस्वार्थ प्रतिबद्धता एवं समर्पणको यस्तो उदाहरण विरलै पाइन्छ। भनिन्छ, विशुद्ध २४ क्यारेटको सुनको गहना बन्न सक्दैन, बनाइयो भने पनि कमजोर हुन्छ, चुँडिएर जान्छ। आजको समाजमा त्यसैले होला, जुनसुकै …