जलाशय आयोजनाको आवश्यकता र बूढीगण्डकी
जलस्रोतको धनी देश हुँदाहुँदै पनि हामी ऊर्जा संकटको भुमरीभित्र छौं। लोडसेडिङ हुने सम्भावना प्रत्येक हिउँदमा जीवित छ। परिणामस्वरूप ठूला र नयाँ उद्योगहरूमा लगानी भित्र्याउन सकिएको छैन भने घरेलु उपभोगकर्ताहरूमा विद्युतीय उपकरणको वृद्धिमा उल्लेखनीय सुधार आएको छैन। जुन अनुपातमा विद्युत माग वा खपत बढ्नुपर्थ्यो, त्यो हुनसकिरहेको छैन र समग्र आर्थिक प्रगतिमा …