के छ बीआरआई फ्रेमवर्क सम्झौतामा
सन् २०१७ मा बीआरआईको सहकार्यमा नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि थप सम्झौता गर्ने तथा अगाडि बढाउनुपर्ने कुनै परियोजना अघि बढ्न सकेको थिएन । यसबीचमा चीन सरकारले बीआरआई कार्यान्वयन योजनाको दस्तावेज तयार पार्ने भनेर एक ‘बीआरआई इम्प्लिमेन्टेशन प्लान’ मस्यौदा आदान-प्रदान भएको अवस्था थियो । त्यो मस्यौदा अत्यन्तै विस्तृत थियो । …