‘प्रवीण दहित जसले उच्च शिक्षा पढ्न पाएनन्’
२१ माघ, काठमाडौं । माघको तेस्रो साता लाग्दै गर्दा काठमाडौंको मौसम चिसै छ । सोमबार बिहानपख एकैखाले पहिरन लगाएका, हातमा खनजोतका सामग्री लिएकाहरू लस्करै माइतीघरको चिसो सडकमा बसे । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेपछि दाङबाट चामल, दाल र सिन्की बोकेर आएका ४० स्वर्गद्वारी गुठीपीडितहरूले आइतबारबाट धर्ना थालेका हुन् । …