बाढी र डुवान पीडितहरु संक्रामक रोगको जोखिममा
१४ असोज, काठमाडौं । अविरल वर्षापछिको बाढी र पहिरोका कारण काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङलगायतका जिल्लामा धेरै मानिसहरु प्रभावित भए । उनीहरु अहिले दूषित खानेपानी र खानेकुराका कारण संक्रामक रोगको जोखिममा रहेका छन् । जनस्वास्थ्यविद्हरू प्राकृतिक विपद्लगत्तै महामारीको जोखिम सधैं उच्च रहने भन्दै केही दिनभित्रमै संक्रामक रोग फैलिनसक्ने चेतावनी दिन्छन् …