अन्तरिम सरकारका जेनजी मन्त्री
९ कात्तिक, काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनको अग्रपंक्तिमा रहनेमध्येका थिए, बब्लु गुप्ता । माइतीघर मण्डलादेखि बानेश्वरसम्म भ्रष्टाचारविरोधी नारासहित भएको मार्चमा एउटा गाडीमाथि चढेका उनी खोपडीअंकित जापानी एनिमीको तस्वीरसहित नारा लगाइरहेका थिए ।छ दिउँसो प्रहरीले संसद् भवनभित्रबाट गोली चलाइरहँदासमेत उनी बानेश्वर चोकमै थिए । दोस्रो दिन पनि …