उडान नं ९३ को दर्दनाक कथा : खरानी हुनबाट यसरी जोगिएको थियो अमेरिकी संसद
फ्लाइट ९३ आफ्नो निर्धारित समयभन्दा ४० मिनेट ढिलो भैसकेको थियो । युनाइटेड एयरलाइन्सको बोइङ ७५७ जहाज न्युयोर्क अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा उडानको पर्खाइमा रहेको थियो । अरबी मुलका चार जना मानिसहरू फर्स्ट क्लासको पहिलो ६ पङ्क्तिमा छरिएका थिए । उनीहरूले आफ्नो फर्कने टिकट किनेका थिएनन् । अघिल्लो रात उनीहरूले अरबी भाषामा …