प्रहरी विधेयकले निम्त्याएको नक्साल-सिंहदरबार मतभेद
२१ माघ, काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षकहरू पालैपिच्छे तीन/चार महिनाको अवधिमा एकअर्काको निवासमा भेला भइरहन्छन् । कहिले प्रहरीका काम, कारबाहीबारे छलफल गर्छन्, कुनै विषयमा समान धारणा बनाएर बाहिर अभिव्यक्त गर्छन् । कहिलेकाहीँ कुनै एजेण्डा हुँदैन, डिनर खाएर फर्किन्छन् । तर, यसपटक पूर्वआईजीपी समूहको यस्तो भेटघाट जुर्न तीन महिना लागेन …