प्रवासी नेपालीलाई मताधिकार : गृहले ऐन अड्काउँदा सर्वोच्चको आदेश अलपत्र
५ पुस, काठमाडौं । विदेशबाट प्रवासी नेपालीले भोट हाल्न पाउने ऐनको मस्यौदा गृह मन्त्रालय पुगेको एक वर्ष नाघ्यो । निर्वाचन आयोगले निर्वाचन सम्बन्धी ऐनको एकीकृत मस्यौदामा प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्दै १८ असोज २०८० मा गृह मन्त्रालयमा पठाएको थियो । उक्त मस्यौदाप्रति गृह मन्त्रालय गम्भीर नभएको निर्वाचन आयोगको गुनासो छ । निर्वाचन आयोग कानुन तथा …