प्रवासी नेपालीको पीडा : नोट चल्छ, भोट चल्दैन
२८ माघ, बार्सिलोना । टीकापुर नगरपालिका–१ कैलाली, यो हिक्मत थापाको नागरिकता ठेगाना मात्र होइन भावनात्मक जरा हो । अफ्रिकी मुलुक नाइजेरियामा बस्न थालेको दुई दशक बितिसक्दा पनि उनको ध्यान भने अझै उतै फर्किन्छ– गाउँको चुनावी बहस, मतदानको दिनको चहलपहल र परिणामको उत्सुकतामा । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व कोषाध्यक्षसमेत रहेका …