बाढी, पहिरो प्रभावितको पीडा : न बस्ने बासको ठेगान छ, न छ खाने गासको
१९ असोज, कमलामाई (सिन्धुली) । पाँच जनाको परिवार खुसी थियो । दशैं मनाउन खर्च जुटाइसकेका थिए । तर, दशैं आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही निकाल्न पाएनन् । पहिरोले घर ध्वस्त पार्यो । बाढीपहिरोले घरखेत सखाप पारेर सुकुमबासी बनाए पनि …