दुईतिहाइको सरकारलाई अध्यादेशमा बहुमतकै सकस
२४ माघ, काठमाडौं । संघीय संसद्को दुवै सदनमा बिहीबार अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । सत्तारुढ दलहरू राष्ट्रिय सभामा आवश्यक संख्या पुर्याउने प्रयासमा थिए । निर्णायक थिए, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव । सत्तापक्ष उनैलाई सहमतिमा ल्याउन केन्द्रित थियो । त्यसैक्रममा प्रतिनिधिसभाले दैनिक कार्यसूची फाइनल गर्यो, जहाँ सरकारले …