प्यान्डोराको बाकस खुलिहाल्छ कि !
सन् १९९७ जनवरी २३ मा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले म्याडलिन अलब्राइटलाई अमेरिकाको ६४औं स्टेट सेक्रेटरीमा नियुक्त गरे। उनी अमेरिकी इतिहासमा उक्त पदमा नियुक्त हुने पहिलो महिला थिइन्। त्यो खबर पढे/सुनेपछि, मैले यहाँको साप्ताहिक पत्रिकाको आफूले लेख्ने स्तम्भमा खुशी हुँदै लेखें। किनकि, मलाई लागेको थियो, अमेरिकामा महिलाको नियुक्ति हुनेबित्तिकै त्यसको …