अक्षरमा अल्झिएका आत्मा
सन् २०२० मा एउटा समाचारले चर्चा पाएको थियो, भारतभर। समाचार थियो– दक्षिण भारतीय राज्य तमिलनाडुमा अवस्थित हिल स्टेशन ‘कुन्नूर’को स्थानीय ‘डि सिवान’ बारे। उनी नीलगिरिका ग्राम हुलाक कार्यालयमा कार्यरत हुलाकी थिए, जसले दश वर्षसम्म लगातार एउटै बाटोलाई पछ्याउँदै, जङ्गलको सघनतालाई चिर्दै, चिप्लो खोलानाला र जँघारहरूलाई तर्दै, विभिन्न कठिनाइहरूको सामना गर्दै, …