उत्तरार्ध नहुँदै अस्ताएका न्यायिक इतिहासका अन्वेषक
१३ पुस, काठमाडौं । शनिवारको बिहान अघिल्ला केही दिनभन्दा भिन्न थियो । चिसो ह्वात्तै बढेको थियो, आकाश चारैतिरबाट बादलले ढाकिए झैं धुम्म थियो । घाम कतै हराए जस्तो थियो । त्यसको केही घण्टाअघि नै न्यायिक क्षेत्रले घाम जस्तै तेजिला एक अन्वेषक गुमाइसकेको थियो। उनी थिए, पूर्वन्यायाधीश प्रकाश वस्ती । चुपचाप …