माया मात्र माया

माया मात्र माया

मानिस किन मायामा पर्ने गर्छन् ? किन कुनै माया लामो समयसम्म रहिरहन्छ तर कुनै छोटो समयमै हराएर जान्छ ? किन मायामा परेकाहरू खुशी हुँदै बच्चा जन्माउँछन् तर तिनै बच्चाले जोडीहरू बीचको मायालाई असर गरिरहेको हुन्छ । के बच्चा भइसकेपछि, आफन्तहरूको किचकिचमाझ, दुई मानिसका खटपटमाझ या अन्य समस्यापछि पनि माया रहिरहन्छ त …

Read more

निजामती प्रशासनमा कोतपर्व

निजामती प्रशासनमा कोतपर्व

वि.सं. २०४९ कात्तिक २१ गतेको घटनालाई कैयौंले २०४६ सालमा बहुदलीय शासन व्यवस्थाको पुन:स्थापनापश्चात् मुलुकको निजामती सेवामा आएको ठूलो भुइँचालो भन्ने गरेका छन्, मैले भने निजामती प्रशासनमा कोतपर्व भन्ने गरेको छु । अब त्यस दिनको घटना वर्णन गरुँ: प्रधानमन्त्री निवास बालुवाटारमा कोइराला सरकारद्वारा कर्मचारी छटनी गर्ने कामको तारतम्य मिलाउन बिहानै मन्त्रिपरिषद्का सदस्यहरू …

Read more

विदेशी राजदूत र नेपालप्रति धारणा

विदेशी राजदूत र नेपालप्रति धारणा

राणाकालीन समयको परिवेश र प्रजातन्त्र स्थापनाका सुरुका वर्षसम्म काठमाडौंस्थित विदेशी कूटनीतिक उपस्थितिलाई दृष्टिगत गर्दा १८१६ देखि लगातार यहाँ रहेका ब्रिटिस राजदूतावास र १९४७ मा स्थापित भारतीय राजदूतावासका गतिविधि स्वाभाविक रुपमा सक्रिय थिए । दीक्षितको सेवा अवधिमा दुई जना ब्रिटिस राजदूत कार्यरत रहे । अघिल्ला राजदूत सर जर्ज ए फकनर (१९४४ …

Read more

खोकेकामिटार : एक बाडुली

खोकेकामिटार : एक बाडुली

गाउँको नसामा स्वच्छ हावा मात्र बहदैन, बग्छ खुल्दुली र फुर्फुरिलो कुतूहलताका अपरिमित तरेली पनि । अनेक समाचार उड्दै, तैरिंदै आइपुग्दछन् फुसफुसिन कान–कानसम्म गाउँमा । अनेक समाचार पुरुषहरूको चिया चौतारीको समय कटाउनी बन्छ भने महिलागणका निम्ति मेला, पँधेरो चटारोका सँगी । गुल्जार दौडन्छ समय चहलपहल र मधुरता सहित ग्रामीण पर्यावरणमा । …

Read more

सत्यको खोजीमा

सत्यको खोजीमा

सन् २००४ को अगस्तमा गेरुवस्त्र लगाएर म घरबाट निस्कें । कहाँ जानु छ, मलाई थाहा थिएन, कुनै योजना थिएन । घरबाट निस्कँदा बुबालाई काशी गएर गङ्गामा पहिला स्नान गर्ने र त्यसपछि मात्र आफ्नो खोज आरम्भ गर्ने भनेको थिएँ तर म सीधै पूर्वतिर लागें । मेरो साथमा रामानन्द पनि थियो । …

Read more