राजावादीलाई प्रतिवाद, सरकारलाई प्रश्न
२७ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको नाममा राजावादीहरू काठमाडौंमा शक्ति प्रदर्शनको तयारीमा जुटेपछि ‘तराई–मधेश जागरण अभियान’ स्थगित गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काठमाडौं आएका थिए । काठमाडौंमा राजवादीहरूको सक्रियता बढ्दैनथ्यो भने प्रचण्ड मंगलबार चितवनमा हुने थिए । किनभने मंगलबार पार्टीको अभियान अन्तर्गत चितवन पुग्ने कार्यक्रम तय थियो । …