कठिन संवाद सुरु गर्ने कि?
कठिन संवाद भनेको जीवनका जटिल र संवेदनशील मुद्दाहरूमा गरिने कुराकानी हो, जसले सम्बन्ध, भावना र जीवनका महत्त्वपूर्ण निर्णयहरूलाई प्रत्यक्ष रूपमा प्रभावित गर्दछ। यो दैनिक जीवनका साधारण विषयहरूमा गरिने सामान्य कुराकानी भन्दा फरक हुन्छ। सामान्य संवादमा हल्का कुरा, सुखद् क्षणहरू वा साधारण जानकारीको आदानप्रदान हुन्छ जुन सहज, गैर-विवादास्पद र सामान्यतया भावनात्मक …