‘विदेशमा ज्यान गुमाउनेका लागि बाकस नै भूभाग हो, बाकसको बिल्ला नै झण्डा हो’
बार्सिलोना । तनहुँमा जन्मिएर चितवनमा हुर्किएका पञ्चम अधिकारी उच्च शिक्षाका लागि काठमाडौं खाल्डो छिरे । जहाँ उनी पत्रकारितामा ज्यादा भिजे । उनले नेपालका मूलधारका प्रिन्ट मिडिया र पछि नेपाल टेलिभिजनसँग आबद्ध भई काम गरेका थिए । अधिकारीले काठमाडौं, नयाँ दिल्ली र ब्रसेल्समा भाषा, सञ्चार र पत्रकारितासम्बन्धी अध्ययन समेत गरेका छन् …