अमेरिकाबाट डिपोर्ट, भुटानमा धम्की, नेपालमा न्यायिक उपचारको खोजी
७ वैशाख, काठमाडौं । तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिकामा एक दशक बिताएका १० भुटानी शरणार्थीलाई त्यहाँको ‘इमिग्रेसन एण्ड कस्टम्स् इन्फोर्समेन्ट’ले डिपोर्ट गरेर तीन साताअघि भारतको दिल्ली पुर्यायो । उनीहरुलाई लिन आएको ड्रुक एयरको विमानले भुटानको राजधानी पारो लगेर छाडिदियो । दशकौंपछि आफ्नो पुर्ख्यौली जमीन टेक्नासाथ उनीहरुलाई भुटानका सुरक्षाकर्मीले ‘तिमीहरु …