नेपाली स्याउ किसानको हँसिलो अनुहार : कमाइ पुग्यो डेढ अर्ब माथि
२८ मंसिर, नेपालगञ्ज । यसपटक दशैं–तिहार जस्ता प्रमुख चाडपर्वमा कर्णालीको प्रांगारिक स्याउ नेपालीको घर–घरमा पुग्यो । आयातित भारतीय र चिनियाँ स्याउ भन्दा सस्तो, स्वादिलो र लामो समय भण्डारण गर्न सकिने भएकाले धेरैको रोजाइमा पर्यो यो । १५ भदौदेखि १५ कात्तिक २०८१ सम्म झण्डै तीन महिना जुम्ला, हुम्ला, मुगु, डोल्पा र …