यो हो नेकपा (डी)
कुरो हो यो कहीं कहिल्यै नभएको र शायद कहीं कहिल्यै नहुने पत्रकार सम्मेलनको । सम्मेलनहीन सम्मेलनमा लिन्ठिङ्ग दुई जना थिए । आयोजकतर्फबाट थियो मकर विश्वकर्मा, पत्रकारतर्फबाट टलक धमला । मकर थियो नेकपा (डी)को प्रवक्ता, टलक थियो राजधानी शहरभरि बटारे भनिकन कहलिएको पत्रकार । प्रवक्ता माथि मण्डपमा बसेको थियो, पत्रकार तल दर्शकथलोमा । दुवैका हातमा सशक्त …