सिंहदरबारको निर्देशनमा अलमलिएका ओली
१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्री र सचिवहरूलाई निर्देशन दिइरहँदा जेलमा बस्दाका दिनहरू सम्झिए । ‘पञ्चायतकालमा जेलबाट सुरुङको अन्तिमसम्म पनि प्रकाश देखिँदैनथ्यो, हामी गाउँथ्यौं– वी स्याल ओभर कम सम डे’, उनले भने, ‘तर अब हामीलाई त्यो ‘केही दिन’ को सुविधा छैन, हामी कुनै दिन सफल हुनेछौं …