न्यायका पक्षधर, अन्यायका शिकार प्रकाश वस्ती
नेपालको कानून र न्यायको क्षेत्रमा प्रकाश वस्ती नौलो नाम होइन। भविष्यमा पनि कानून र न्याय क्षेत्रले बिर्सनै नसक्ने पात्रमध्ये वस्ती रहनुहुने कुरामा द्विविधा छैन। न्याय र कानूनको क्षेत्रमा सक्रिय रहँदा केही चर्चित नामहरूको सूचीमा उहाँको कर्म दर्ज भयो र भइरहने छ। पछिल्लो समय उहाँको नाम मानवअधिकारको क्षेत्रमा समेत जोडिएको छ। …