बानेश्वर भेलामा उठे नयाँ र वैकल्पिक शक्ति जोड्ने तीन विकल्प
२ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि नयाँ र वैकल्पिक शक्तिहरू एकीकृत हुनका लागि अनौपचारिक परामर्शमा जुटेका छन् । अनौपचारिक छलफलमा रहेका उनीहरू औपचारिक रूपमा समेत भेटघाटमा देखिन थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी सुमना श्रेष्ठसहित शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा औपचारिक रूपमै विभिन्न दलमा भएका व्यक्तिहरू, कलाकार र स्वतन्त्र …