किन आइलाग्छ हरदम यस्तो भाउँतो ?
‘हतपतको काम लतपत’- उहिलेका बुढाबुढीले त्यसै भनेको होइन रहेछ । कतिपय काममा औधी हतार गर्ने अनि काम बिग्रिएपछि पछिसम्म पछुताएर टाउको ठोक्ने नानीदेखि लागेको मेरो बानी कहिल्यै गएन । कुनै पनि कुरामा औधी छिटो प्वाक्क बोलिदिंदा कुइरेका टाउकामा ट्वाक्क भइरहेको छ मलाई । विचारै नगरी, प्वाक्क बोलिहाल्ने बानीले मसित रिसाएका …