बंगलादेशको पछिल्लो घटना र धार्मिक सद्भावको कुरा
सार्क इलेक्सन अब्जर्भेसन टीमको सदस्यको नाताले सन् १९९६ जूनमा बङ्गलादेश पुग्दा, त्यहाँ अल्पसंख्यक रहेका एक हिन्दू परिवारसँग भेट भएको याद ताजा छ। त्यो भेटमा, त्यो घरकी महिला सदस्यले म हिन्दू भन्ने थाहा पाएर मलाई शंखको चुरा र निधारमा रातो अबिरको टीका लगाइदिएर खुशी हुँदै घरभित्र हुलेकी थिइन्। उनका पति कुनै विश्वविद्यालयमा पढाउँथे। त्यो घरमा …