द्वन्द्वका यौनहिंसा पीडित : हुर्किएका छोराछोरी र बदलिएको समाजसँग दुःख साट्न सक्दैनन्
२५ वैशाख, दाङ । घोराही उपमहानगरपालिकाकी एक महिलालाई द्वन्द्वको समयमा माओवादीको आरोपमा प्रहरीले पक्राउ गर्यो । उनी तीन महिना हिरासतमा बसेर घर आइन् । प्रहरीले सोधपुछका क्रममा विभिन्न हिंसा गर्यो तर त्यो हिंसाका बारेमा उनले अहिलेसम्म कसैलाई भन्न सकेकी छैनन् । शारीरिक यातना पुरानो भएको र मानसिक यातनाको घाउ चोट …