खर्कमा चलिरहेका ३ द्वन्द्व
नेपालका प्राकृतिक स्रोतहरूमध्ये खर्क क्षेत्र एक अत्यन्तै महत्त्वपूर्ण भूभाग हो। उच्च पहाडी तथा हिमाली भेगमा अवस्थित, फाट्टफुट्ट रुख–झाडी र विस्तृत घाँसे मैदानहरूलाई खर्क, पाटन, लेक वा चरन क्षेत्र भनेर चिनिन्छ। नेपालको कुल भूभागको करिब २२ प्रतिशत हिस्सा यस्ता क्षेत्रहरूले ओगटेका छन्। खर्क क्षेत्र केवल एक प्राकृतिक पारिस्थितिक प्रणाली मात्र होइन; …