चुनावी एजेन्डा बन्दै दोहोरो नागरिकता
६ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले माग गर्दै आएबमोजिम दोहोरो नागरिकताको विषय कतिपय राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा समेटेका छन् । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संकल्पपत्र ल्याएको छ । जसमा विदेशमा बस्ने नेपालीको सिप र पूँजी प्रयोग गर्ने विषय छ । ‘विदेशमा रहेका नेपालीको …