पल्टन बजारतिर बरालिंदा
पल्टनियाँ न ठहरिएँ, मलाई ‘पल्टन’ शब्दले तानिहाल्छ। यो शब्दलाई नेपाल भित्र्याएको लाहुरेले हुनुपर्छ। अंग्रेजी शब्द ‘प्लटून’ (Platoon) बाट ‘पल्टन’ भएको हो भन्ने मेरो ठम्याइ छ। तीनवटा सेक्सन मिलेर एउटा प्लटून बन्छ। प्लटूनमा २५ देखि ३० जना सैनिक हुन्छन्। इन्डियामा शिख, बंगाली, जाट, मरहट्ठा पल्टन जस्तै गोर्खा पल्टन पनि छन्। देहरादून …