देवी खड्काहरूको बाँकी लडाइँ
दोस्रो विश्वयुद्धको समयमा जापानी सेनाद्वारा यौन दुर्व्यवहार गरिएका ‘एसोसिएसन अफ कोरियन भिक्टिम’ का ३५ सदस्यहरू आफूहरूको मानवअधिकार हनन् भएको भन्दै डिसेम्बर १९९१ मा अदालत गए। क्षतिपूर्तिको माग राख्दै उनीहरूले जापान सरकारविरुद्ध टोकियो डिस्ट्रिक्ट कोर्टमा मुद्दा हाले। त्यसरी मुद्दा हाल्नेहरूमा, तीन जना ‘कम्फर्ट विमेन’हरू थिए। उनीहरू कोरियन थिए। स्मरणीय छ, दोस्रो विश्व-युद्धताकाको हो; जापानको ‘इम्पेरियल आर्मी’ ले आफ्ना सैनिकलाई यौन-सेवा दिन आफ्ना …