दुर्गमको स्वास्थ्य : छामेर रोग पहिचान, अनुमानका आधारमा उपचार
६ असार, काठमाडौं । गत वैशाखमा १८ वर्षीय किशोर बझाङ जिल्ला अस्पतालको आकस्मिक कक्षमा पुगे । घाँस काट्न जाँदा भीरबाट लडेर टाउकोमा गम्भीर चोट लागेका ती किशोर बेहोस अवस्थामा थिए । उनका बुबाले आँसुभरि आँखाले डाक्टरलाई भने, ‘टाढाको अस्पतालमा लैजान हामीसँग पैसा छैन । मरे पनि, बाँचे पनि यहीँ उपचार …