वैदेशिक सहयोगले भुत्ते भएको नेपालको दलित आन्दोलन
नेपालको दलित आन्दोलनले आफूलाई यहाँको प्रजातान्त्रिक आन्दोलन जत्तिकै पुरानो भएको दाबी गर्दछ । त्यो दाबीलाई सार्थकता दिन्छ बाग्लुङका भगत सर्वजित विश्वकर्माले दलित अधिकारको जग राखेको साल १९९७ तिरै; जुनवेला प्रजापरिषद्ले राणा विरुद्धको आन्दोलन सुरु गरेको थियो । नेपाली कांग्रेस स्थापना भएकै बेला भगत सर्वजितले २००४ सालमै विश्व सर्वजन संघ नामको …