तीव्र बसाइँसराइ, मन्द सामाजिक एवं राजनीतिक विकास
बसाइँसराइले समाज र राजनीतिलाई कसरी रूपान्तरण गर्दछ, अर्थ–राजनीति विषयको प्रधान प्रश्न हो। दुई फरक प्रसंगका विचारहरू सँगै हेर्दा बसाइँसराइले समाज र राजनीतिमा पार्ने प्रभावलाई बृहत् रूपमा बुझ्न सजिलो हुन्छ। पहिलो, कार्ल मार्क्स, मार्क्स वेबरदेखि फ्रान्सिस फुकुयामासम्मका आधुनिकीकरणको क्षेत्रमा काम गरेका विद्वान्हरूले आफ्नो सिद्धान्त र विचार विकासमा औद्योगीकरणमा आधारित बसाइँसराइलाई छलफलको …