सुपारी र केराउपछि तरबुजा बीउ तस्करीको आशंका, कहाँ गयो ३ अर्बको आयात ?
११ असार, काठमाडौं । विगतका वर्षहरूमा तेस्रो मुलुकबाट सुपारी, केराउ, मरिच र छोकडा आयात गरेर भारततर्फ तस्करी गर्न बिचौलियाहरूको ‘सेटिङ’ चल्ने गर्दथ्यो । सरकारले ती वस्तुहरूको आयातमा कोटा प्रणाली लागु गरेपछि तस्करीको बाटो करिब बन्द भयो । तर, अहिले फेरि बिचाैलियाले रातारात करोडौं कमाउन नयाँ वस्तुलाई आफ्नो हतियार बनाएका छन्, …