दोहोरिंदै डेंगु संक्रमण, हुनसक्छ ज्यानकै जोखिम
१७ असोज, काठमाडौं । टेकु अस्पतालको १२९ नम्बर बेडमा डिबी तितोङ दायाँ–बायाँ छट्पटिंदै पल्टिरहेका छन् । उठेर टुसुक्क बस्ने तागत पनि छैन । टाउको फुट्ला झै गरी दुखिरहेको छ । ‘यसपटक त बाँच्दिन जस्तो लागेको थियो,’ खुइय सुस्केरा हाल्दै उनले भने, ‘अलिकति तलमाथि भए डेंगुले त ज्यानै लिने रहेछ ।’ …