स्थानीय तह : डेढ अर्ब डीपीआरमै, खोज्दा अभिलेख भेटिंदैन
सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले पद सम्हाले लगत्तै पुराना योजनाको समीक्षा र नयाँ योजना निर्माणका लागि पालिकाले बनाएका डीपीआर (विस्तृत आयोजना प्रतिवेदन) हेर्न खोजे । २०७९ मा उनी निर्वाचित हुनुअघि नै सिम्ताले रु.४५ लाख ६७ हजार खर्च गरेर नौवटा योजनाको डीपीआर बनाएको थियो । “तर, गाउँपालिका कार्यालयमा प्रतिवेदन नै भेटिएनन्” चन्द …