क्यालिफोर्नियाको डढेलोबाट नेपालले के सिक्ने ?
जनवरी ७, २०२५ देखि सुरु भएको क्यालिफोर्नियाको वन डढेलोले आकाशमा धुँवा, जमिनमा खरानी र मानिसहरूको आँखामा आँसु भरिदिएको छ । यो लेख तयार पारिरहँदासम्म उक्त डढेलोले २४ जनाको ज्यान लिएको छ, १२ हजारभन्दा बढी संरचनाहरू ध्वस्त पारेको छ भने १ लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । …