जोन राई : लाहुरेको शहरबाट पिरतीको गीत गाउँदै
‘हावा जस्तै मलाई उड्न मन छ…’ स्पटलाइटमा उभिएका उनी दर्शकतर्फ माइक फर्काउँछन् । ‘अल्झाइ नराख ।’ किशोरवयका हजारौं दर्शक एकसाथ भाकामा भाका हाल्छन् । ‘तिमीलाई पनि म बिर्सिदिन्छु…’ ऊ पूर्ववत् लय समात्छ । ‘मुटु नदुखाइ राख ।’ दर्शकहरू उसैगरी एकबद्ध स्वर मिलाउँछन् । मञ्चको मध्यरेखामा उभिएका यी गायक गीत मात्र …